ठुलो भेरी नदीमा टिप्पर खस्दा तीन जना बेपत्ता – खोजि कार्य जारी – Pahilo Katha

ठुलो भेरी नदीमा टिप्पर खस्दा तीन जना बेपत्ता – खोजि कार्य जारी

    मा प्रकाशित

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका १४ स्थित ठुली भेरी नदीमा टिप्पर खसेको छ । भेरी करिडाेर अन्तर्गत आठबिसकाेट १४ को पिपलचाैर स्थित सडकबाट यति बिल्डर्सको रा.१ क. १५०१ नम्बरको टिप्पर ठुली भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

टिप्परमा चालक सहित तीन जना सवार रहेको बुझिएको र तीनै जनाको अवस्था अज्ञात रहेको बताईएको छ । उनीहरूको पहिचान खुल्न सकेको छैन । उक्त टिप्पर मंगलबार साँझ आठबिसकाेट ११ को चिसापानीबाट वडा नम्बर १४ को छेपारे तर्फ जाँदै थियो । टिप्पर भेरी नदीमा डुबेको र थोरै भाग मात्र देखिएको प्रहरीले जनाएको छ ।

अहिले बेपत्ताको खोजी भइरहेको छ , घटनाको जानकारी भए लगत्तै इलाका प्रहरी कार्यालय आठबिसकाेट राडीबाट प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा ७ जनाको टोली खटिएको छ । साथै इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटबाट प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीको कमान्डमा ५ जनाको टोली खटिएको छ ।

प्रतिक्रिया