शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन समितिलाई बुझाइयो ( यस्तो छ प्रतिवेदन ) – Pahilo Katha

शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन समितिलाई बुझाइयो ( यस्तो छ प्रतिवेदन )

    मा प्रकाशित

ललितपुर-आवश्यक छलफल र सहमतिपछि तयार पारेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको छ। उपसमितिले विधेयक माथि दफावार छलफल गर्दै शिक्षा समिति सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।

विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिलाई दुई पटक गरी कुल ४५ दिनको समय दिएको थियो। असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने लक्ष्यअनुसार उपसमितिले विधेयकमा १५८ घण्टा ४५ मिनेट लामो छलफलपछि प्रतिवेदन तयार पारेको हो।

उपसमितिले २ वटा विषयहरू बाहेक अन्य विषयमा सहमति जुटाएको जनाइएको छ। निजी विद्यालयहरूलाई गुठीमा लैजाने र प्रारम्भिक बाल विकास शिक्षा कति वर्षको हुने भन्ने विषय बाहेकमा सहमति जुटाइएको हो।

समितिमा प्रतिवेदनमाथि छलफल भएपछि प्रतिनिधिसभामा विधेयक पेस गरिनेछ। त्यसका लागि समितिको बैठक जेठ ७ गतेका लागि बोलाइएको छ।

 

यस्तो छ उपसमितिले बुझाएको प्रतिवेदन यहाँ क्लिक गरेर हेर्नुहोस-

बिधालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिबेदन

 

 

 

प्रतिक्रिया