मध्यरातमा संगै सुतेकी श्रीमतीलाई पुर्व सैनिक श्रीमानले गरे विभत्स हत्या – छोराछोरी र प्रहरीलाई आफै फोन गरे भने ‘मैले श्रीमती मारे ‘ – Pahilo Katha

मध्यरातमा संगै सुतेकी श्रीमतीलाई पुर्व सैनिक श्रीमानले गरे विभत्स हत्या – छोराछोरी र प्रहरीलाई आफै फोन गरे भने ‘मैले श्रीमती मारे ‘

    मा प्रकाशित

सुर्खेत – सुर्खेतमा मध्यरातमा सुतिरहेकी श्रीमतीलाई आफ्नै श्रीमानले बिभत्स हत्या गरेका छन् । पारिवारिक कलह संका,उपशंकाले पछिल्लो समय धेरै जस्तो ठाउँमा यस्ता घटना बढीरहेका छन् ,घर कै आफन्त तथा अन्य व्यक्तिबाट यस्ता घटना मौलाएको पछिल्लो तथ्यांकले देखाउछ ।
सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलाका दानसिंह ठाडा मगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय दानसिंहले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख साढे १ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या लगत्तै दानसिंहले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटना बारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए । श्रीमतीको हत्या गरेपछि दुबईमा रहेका छोरा र जापानमा भएकी जेठी छोरीलाई पहिले नै उनले फोन गरेका थिए अनि पछि वडा अध्यक्षलाई फोन गरेर प्रहरीको नम्बर मागेर प्रहरीलाई मैले श्रीमती मारे भन्दै घटना स्थलको लोकेशन समेत दिएका थिए ।
उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । दानसिंह नेपाली सेनाको अमल्दार पदबाट अवकास प्राप्त व्यक्ति हुन् ,उनि ५ बर्ष अघि अवकाशमा आएका थिए । उनि मानसिक रोगी भएको र केहि समय अघि उनले औसधि सेवन गर्ने गरेको र पछिल्लो समय औसधि खान छोडेको परिवारले बताएका छन् । त्यस्तै उनले विगतमा मदिरा सेवन गर्ने गरे पनि केहि हप्ता यता मदिरा सेवन गर्न पनि छाडेको समेत उनीहरुले बताएका छन् । दानसिंह र रबिनाका ४ जना छोराछोरी छन् दुई भाई बहिनि बिदेशमा छन् भने अन्यले बिहे गरेर गई सकेका छन् ।
शनिबार दिउसो घरमा दानसिंहका बुवाआमा आएका थिए ।उनीहरु चर्च गएका थिए,चर्च सकेर घर फर्किए, सबै राम्रै थिए सबै संग राम्रैसँग गफगाफ भएको थियो । बेलुका दानसिंह कि बुहारीले खाना पकाईन खाए,थोरै कुराकानी पनि गरे अनि सबै सुत्न गए, सुत्न गएका दानसिंह र श्रीमती रविना ओछ्याएनमा पल्टिएर मोबाइल हेरिरहेका थिए । मोबाइल हेर्दाहेर्दै रविना निदाइन् । त्यसपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर श्रीमतीको हत्या गरेका छन् ।

मध्यरात साढे एक बजे दानसिंहका दम्पति सुतेको कोठा आवाज आयो,अनि उनका बृद् बा आमाले सुनेपछि ढोकामा गए ढोका खोल्न भनेपछि उनले खोलेनन् अनि झ्यालको पर्दा च्यातेर हेर्दा भित्र रविनाको स्वास घिटिघिटि हुदा देखेपछि बुहारीले ढोकामा लात हानेर खोल्न भनिन तर ढोका खोल्दा भित्र भने दानसिंहले श्रीमती रबिनालाई विक्षिप्त अवस्थामा मारी सकेका थिए ।
त्यस पश्चात सबै तिर आफन्त परिवार छिमेकी बोलाउदासम्म रविनाको मृत्यु भई सकेको थियो । बुहारीका अनुसार केहि समय अघि श्रीमतीसंग उनले झगडा गर्ने र मार्छु भन्ने गरेको र मध्यरातमा सासुको हत्या गरेको उनले बताएकी छिन । दानसिंहले प्रहरीलाई खबर गरेको केहि समय पछि घटना स्थलमा प्रहरी पुगेको थियो र मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनास्थल बाट दानसिंहलाई नियन्त्रणमा लिएर श्रीमतीको हत्या किन गरे भन्ने बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार प्रदेशका १० जिल्लामा पछिल्ला तीन वर्षमा आफन्त वा परिवारका सदस्यबाट ४१ जनाको हत्या भएको छ। आर्थिक वर्ष २०७९/८० मा १०, २०८०/८१ मा २२ र २०८१/८२ को असारसम्म नौ हत्या परिवार र आफन्तबाटै भएका छन्।

आ.व. २०७९/८० मा श्रीमानद्वारा श्रीमतीको हत्याका ९ , आ.व. २०८०/८१ मा ९ र आ.व. २०८१/८२ मा चार घटना छन्। श्रीमतीद्वारा श्रीमानको हत्या आ.व. २०८०/८१ मा २ र आ.व. २०८१/८२ मा १ घटना छन् । यी तीन वर्षमा भाइद्वारा दाजुको हत्या दुई, बुवाद्वारा छोराको हत्या तीन, छोराद्वारा बुवाको हत्या दुई घटना रहेका छन्। यसबाहेक सौतेनी आमाद्वारा छोरीको हत्या, भाउजुद्वारा देवरको हत्या, देउरानीद्वारा जेठानीको हत्या, भेनाजुद्वारा सालाको हत्या, मामाद्वारा भान्जाको हत्या, जेठाजुद्वारा बुहारीको हत्या, छोराद्वारा आमाको हत्या, बुहारीद्वारा सासुको हत्या र आमाद्वारा छोरीको हत्याका घटना रहेका छन्।तथ्याङ्क हेर्दा श्रीमानद्वारा श्रीमतीको हत्याको संख्या बढी देखिन्छ। आमाबाट छोरीको हत्या, छोराबाट आमाको हत्या जस्ता हृदयविदारक घटनाहरू पनि तथ्याङ्कमा देखिन्छ।

प्रतिक्रिया