नागढुंगा सुरुङमार्गमा सवारी साधन गुडे बापत् ५० देखि पाँचसय रूपैयाँसम्म शुल्क लाग्ने – Pahilo Katha

नागढुंगा सुरुङमार्गमा सवारी साधन गुडे बापत् ५० देखि पाँचसय रूपैयाँसम्म शुल्क लाग्ने

    मा प्रकाशित

काठमाडौँ -नागढुंगा सुरुङमार्गमा सवारी साधन गुडे बापत् ५० देखि पाँचसय रूपैयाँसम्म शुल्क उठाउन प्रस्ताव गरेको छ। सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ। उक्त मस्यौदा केही दिनमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पास गर्ने तयारी गरिरहेको मन्त्रालयका सहसचिव तथा विभागका प्रवक्ता अर्जुन अर्यालले बताए।

उनका अनुसार आगामी दसैंसम्ममा सुरुङमार्गबाट गाडी गुडाउने गरी विभागले तयारी अघि बढाएको छ। महाशाखाका एक कर्मचारीका अनुसार सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे सवारीदेखि १२–१४ चक्केसम्मका ठूला सवारी साधनले शुल्क बुझाउनु पर्नेछ। मोटरसाइकल तथा डिजेल पेट्रोल बोकेका प्रज्वलनशील गाडी भने सुरुङ मार्गमा प्रवेश गर्न पाउने छैनन्। मोटरसाइकल प्रवेश गर्नुपर्यो भने गाडीमा राखेर ओहारोदोहारो गर्न सक्ने छन्। ती कर्मचारीका अनुसार साना सवारीलाई प्रवेश गर्न ५० रूपैयाँ, बसलाई दुई सय रूपैयाँ र ठूलाठूला ट्रकलाई पाँच सय रूपैयाँसम्म उठाउन प्रस्ताव गरिएको छ।

सुरुङमार्गबाट प्रवेश गरेर सोही मार्गबाट फर्कन चाहने सवारी साधनलाई भने फरक फरक शुल्क लाग्ने गरी गरी प्रस्ताव गरिएको महाशाखाका कर्मचारीको भनाइ छ। सुरुङ मार्ग प्रवेश गर्न सवारी साधानबाट शुल्क उठाएपछि सुरुङमार्गभित्र अक्सिजन, अग्नि नियन्त्रक, सुरक्षा, सञ्चार लगायतका सुविधा शुल्क उठाउने कम्पनी (संस्था/निकाय) ले नै उपलब्ध गराउने छ। नागढुंगा सुरुङ मार्ग आयोजनाका अनुसार सुरुङमार्ग निमार्णको पूरा काम करिब करिब सकिन लागेको छ।

प्रतिक्रिया