जुम्ला- यी हुन् जुम्लाका युवा बैज्ञानिक टक्क नेपाली,जसले आफ्नो घरको छतमा जहाज निर्माण गरेका छन् । मान्छेको गर्ने इच्छा शक्ति र शोकिङ्ग भए सबै सम्भब छ भन्ने दरिलो उदाहरण दिएका छन् । जुम्लाको तातोपानी गाउँ पालिका वडा न ५ ऐरेनिमा आफ्नो घरको छतमा टक्कले नेपाल एअर लाइन्सको रास्टिय ध्वजाबाहक ट्विनोटर जहाज निर्माण गरेका छन् । बिज्ञान र प्रविधिमा निकै चासो राख्ने टक्क पेशाले व्यवशायी हुन् ।उनले केहि समय अघि जुम्ला मै प्याराग्लाइडिङ्ग बनाएर चर्चामा आएका थिए । दुर्गम मै भएपनि बाल्यकाल देखि नै प्रविधिसंग सम्बन्ध गास्ने टक्कले आनो शोक पुरना गर्न उक्त जहाज निर्माण गरिरहेको बताएका छन् । आगामी दिनमा आफुले साधन र स्रोत उपलब्ध भए सम्म उडने जहाज निर्माण गर्ने योजना रहेको समेत उनले बताएका छन् ।
उनले घुम्न आउने व्यक्ति तथा अन्य व्यक्तिको ध्यान खिच्न तथा आफ्नो परिचय दिन सजिलो होस् भने आफ्नो घरको छतमा नेपाली रास्टिय ध्वजा बाहक जहाज निर्माण गरेको बताएका छन् । उनले बनाएको यो संरचना आफ्नै निजि लगानीमा बनाएका हुन् । त्यस्तै उनले आगामी दिनमा काठ सिमेन्ट तथा माटोबाट जहाज निर्माण गरेर रेस्टुरेन्ट सभाहल दुरुस्तै जाहज कै मोडलमा निर्माण गर्ने उनको भनाई रहेको छ । घरको छतमा बनाएको जहाज निर्माणमा हाल्समा १ लाख खर्च भएको र निर्माणको अन्तिम चरणमा रहेको हुनाले बताएका छन् अब उक्त जहाजको कलर पेंटिंग र पंखा हाल्ने काम बचेको छन् । छतमा बनेको जहाज तक्कले सिमेन्टबाट निर्माण गरेका छन् ।
उनले यस अघि प्यारग्लाइडिङ्ग गराउदा गाउँपालिकाले ५ लाख सहयोग गरेको र यस पटक घरको छतमा जहाज निर्माण गरेपछि अन्य फरक संरचना निर्माणको योजनाका लागि धेरैले सहयोग गर्ने प्रतिबद्दता गरेको उनले बताएका छन् । चारै तिर सुन्दर देखिन ठाउँको बिचमा रहेको उनको घर घर माथिको जहाजले धेरैको ध्यान खिचेको छ,यसलाई अझै वरिपरि सिसा लगाएर जहाज छेउ बसेर घाम ताप्न मिल्ने बस्न मिल्ने बनाउने योजना उनको छ । टक्कले २०७७ सालमा रास्ट्रिय युवा प्रतिभा पुरास्कार,रास्ट्रिय उधमी पुरस्कार र कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयबाट २ ओटा पुरस्कार तथा जिल्ला स्तरबाट पनि थुप्रै पुरस्कारबाट सम्मानित भई सकेका छ । दर्शकहरु टक्क नेपालीको कामलाई तपाईहरुले कसरी लिनु भयो, आफुलाई लागेको कुरा कमेन्ट गर्नुहोला ।
https://www.facebook.com/share/v/1ZiBg7FawA/



