मा प्रकाशित
काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई आपराधिक उपद्रवमा दोषी ठहर गरेको छ ।बिहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र अर्का प्रतिवादी शरण तिरूवालाई दोषी ठहर गर्दै पाँच दिन कैद सजाय सुनाएको हो ।
त्यस्तै, अदालतले उनीहरुलाई ५ सय रुपैयाँ जरिवाना गराएको छ ।साथै, जिल्ला अदालतले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश गरेको छ ।सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।