रुकुममा एकै वडाका ५४ जनाले त्यागे माओबादी – के छ भित्री कारण ? यो पत्रमा हेर्नुहोस – Pahilo Katha

रुकुममा एकै वडाका ५४ जनाले त्यागे माओबादी – के छ भित्री कारण ? यो पत्रमा हेर्नुहोस

    मा प्रकाशित

 

रुकुम पश्चिम – जनयुद्द काल देखि नै रुकुम चर्चामा रहदै आएको ठाउं हो , अझ भनौं अझै पनि रुकुमलाई नेकपा माओबादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । जनयुद्दमा भूमिगत नभएका गाउँ रुकुममा सायदै छन् अनि गाउँ गाउँमा अझै पनि माओबादीमा आस्था बिचार राख्ने व्यक्तिहरु पनि छन् तर पछिल्लो समय पार्टी भित्र नै असन्तुष्ट हरुले पार्टी नै परित्याग गर्न थालेका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ का माओबादी केन्द्रका ११ नम्बर वडा सचिब प्रशान्त बस्याल सहित ५४ जनाले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । बिहिबार माओबादी केन्द्र आठबिसकोट नगरपालिकाका नगर अध्यक्षलाई पत्र लेख्दै पार्टीको जिम्मेवारी र साधारण सदस्य परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले लेखेको पत्रमा पछिल्ला केहि बर्ष यता पार्टी भित्रको बिकसित हुदै प्रवृति,जहाँ सिदान्त भन्दा स्वार्थ संगठन भन्दा गुथा र निष्टा भन्दा पहुँच हावी भएको र इमान्दार कार्यकर्तालाई आहत पुर्याएको उल्लेख गरेका छन् ।

त्यस्तै सच्चा कार्यकर्ताको योगदानको कदर नगर्ने नेतृत्वले आत्मा समिक्षा नगर्ने निर्णयको पारदर्शिता नरहने अवशरबादी र चाकडी सस्कृति मौलाउने भ्रष्ट बेईमान प्रवृतिको संरक्षण हुने जस्ता विकृतिले पार्टी जनताबाट टाढिदै गएको र सानो समुहको स्वार्थमा केन्द्रित हुन् थालेको समेत उल्लेख गरेका छन् ।
पार्टीमा हुँदा अनेक अप्ठ्यारा आलोचना खेपेको र पार्टीले आत्मसम्मान निष्ठा र बिचारलाई स्थान न दिएको ले आफुहरुले सामुहिक रुपमा नेकपा माओबादी केन्द्र सामुहिक रुपमा परित्याग गरेको बताएका छन् ।

पछिल्लो समय माओबादी जनयुद्द लडेका लामो समय देखि माओबादी कै सक्रिय कार्यकर्ता यसरी नै रुष्ट बन्न थालेका छन् । केहि व्यक्तिले खुलेरै आलोचना गरे त् कतिले पार्टी त्यागे कतिले अर्कै पार्टी रोजे । माओबादी पटक पटक सरकारमा जाँदा पनि जनयुद्दका घाइते अपाङ्ग बेपत्ताको खासै मतलब नगरेका कारण पनि पार्टी प्रति जनताको मन बिचलित हुदै गईरहेको देखिन्छ । पछिल्लो पटक माओबादी सरकारमा हुँदा माओबादीको कामले जनताको मन जितेको छ देशाबर माओबादीको क्रेज बढ्दै छ तर आफ्नै पार्टी भित्रको घुठ उपगुठ स्वार्थका कारण माओबादी भित्र नै कमजोर बनिरहेको छ त्यसकारण पार्टी नेतृत्व र अन्य नेता कार्यकर्ता सुध्रिन जरुरी छ ।

प्रतिक्रिया