यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ सदस्य – प्रहरीको खोजी कार्य जारी – Pahilo Katha

यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ सदस्य – प्रहरीको खोजी कार्य जारी

    मा प्रकाशित

सिन्धुली-सिन्धुलीबाट निकै मर्माहत निकै दुखित निकै अचम्मित बनाउने खबर सार्वजनिक भएको छ, एकै परिवारका १६ जना रहस्यमय तरिकाले बेपत्ता भएको खबर जताततै फैलिरहेको छ । यो पत्याउन सकिन्न ? यो अनिस्ट हो या अपहरण वा कुनै बिपत्ती ? सोच्नै नसकिने तरिकाले सिंगो परिवार नै बेपत्ता भएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा स्थित बिखेर कटेरीमा एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता छन् । सोहि कटेरी गाउँ कि उर्मिला हायु सहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ बेपत्ता छन्। उनको १६ जनाको परिवार आइतबार रातिदेखि एकाएक बेपत्ता भएका छन् । आज मात्र उक्त घरमा पुगेका स्थानियबासिहरुका परिवारले केही दिन अगाडी ७ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेर ल्याएको , छोरा बिदेशबाट भर्खर घर आएको र परिवारको सहकारी लगायत अन्य पसलमा ऋण रहेको , घरको भान्सा जलेको , २ धार्नी काचो सुगुरको मासु रहेको , लत्ता कपडा भाडाकुडा यत्रतत्र छरिएको , बस्तु भाउ चौपायहरु खुला रहेका अबस्था भेटिएको बताएका छन् ।

अहिले एकै परिवारका १६ जना बेपत्ता हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । परिवारका सबै सदस्य बेपत्ता भएको सूचना पाएपछि प्रहरी तथा वडाका जनप्रतिनिधि पनि पुगेका छन् । बेपत्ता हायु परिवार सिमान्तकृत समुदाय भित्र पर्दछन र उनीहरुले बिहिबार मात्रै सिमान्तकृत समुदायले पाउने भत्ता बुझेका थिए । गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाका अनुसार ‘घटनास्थलमा अनुसन्धान गर्दा केहि पनि न देखिएको र घटनास्थल हेर्दा कतै गएर बसेको जस्तो देखिने बताएका छन् । अहिले प्रहरीले खोजीकार्य जारी राखेको छ। प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापको टावर देखाएको प्रवक्ता थापाले बताएका छन् ।
हायु परिवारको नाता, सम्बन्ध भएको सबै ठाउँमा सोधपुछ गरिरहेको र केही समय अघि एक जनाको फोन लागे पनि अहिले फोन स्वीच अफ भएको उनले बताएका छन । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको र घर भन्दा १५ मिनेटको दुरिमा बाधिएको भैसिलाई घाँस हाल्न घरका मानिस बिगत तीन दिन देखि कोहि पनि न आएपछी मात्रै यो घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया