काठमाडौँ – यो भिडियो आइतबार दिउसो देखि सामाजिक संजालमा छाएको छ सवारी दुर्घटनामा एक युवती छटपटहाटमा मृत्यु भएको देखिन्छ भने केहि पर एक युवा लडेको देखिन्छ ,सरकारी जागिरे बन्ने अठोट बोकेर लोक सेवा आयोगको परिक्षा सकाएर फर्किदै गरेका २ जना युवाको सवारी दुर्घटनामा ज्यान गएको छ । आइतबार अपरान्ह सवा ४ बजे इलामको रोङ्ग गाउँपालिका ३ कुटीडांडामा भएको सवारी दुर्घटना भएको दृश्य हो यो दृश्यले कसैले मन थाम्न सकेको छैन । जाजरकोटको छेडागाड नगरपालिका ८ पौजा कि २३ बर्षिया सिर्जना गिरीको सानैमा सरकारी जागिर खाने ठुलो सपना थियो तर आइतबार उनका सपना इलामको एउटा डांडामा अस्ताएका छन् । त्यस्तै बझांगको बित्थडचिर गाउँपालिका १ का २६ बर्षीय मदन बहादुर बोहोराको पनि सपना सिर्जना जस्तै थियो सरकारी सेवामा आबद्द भएर देशको सेवा गर्ने, साथि भाई आफन्त र परिवारका लागि केहि गर्नु थियो उनीहरु ठुलो सपनाका साथ इलाममा लोक सेवा आयोगको परिक्षा दिएर फर्किदै थिए । तर आइतवारको दुर्घटनाले सपना खुसि लुटिदिएको छ ।
उनीहरु दुई जना मदनको बाइकमा इलाम पुगेका थिए ,उनीहरु दुबैले आयोगको परिक्षा दिएर झापा फर्किदै थिए,सायद परिक्षा पनि भने जस्तै भएर खुसि साटासाट गर्दै इलामको प्रक्रितिसंगा रमाउदै यात्रा गरिरहेका थिए तर इलामको कुटीडांडा पुग्दा झापाबाट इलाम जाँदै गरेको प्रदेश १-०१-००१ ख ४५४७ नम्बरको ट्रकले उनीहरु सवार बा ८९ प २२६६ बाइकलाई ठक्कर दियो । उनिहरु गम्भीर बने,उक्त दुर्घटनापछि सिर्जना र मदनलाई झापा स्थित बि एण्ड सी अस्पताल पुर्याइयो तर डाक्टरहरुले उनीहरुलाई मृत घोषणा गरे ।
मदन र सिर्जनाले कुटीडांडा अन्तिम सास फेरे- उनीहरु अब न कहिले बोल्ने छन न त् यो दुनियामा कतै भेटिने छन् । झापाबाट इलाम जाँदै गरेको ट्रक समान लिएर जाँदै थियो, ठक्कर दिने चालक थिए पांचथरको कुम्मायक गाउँपालिका ९ का ३३ बर्षीय नितेश बुढाथोकी,उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रण लिएको छ। अहिले देशमा बेरोजगारी देखाउदै दैनिक हजारौं युवाहरु विदेश पलायन भई रहेका छन् तर स्वदेश मै बसेर कडा मेहनतका साथ् सरकारी सेवामा प्रवेश गर्ने ठुलो आँट बोकेका दुई युवाको देहान्त भएको छ । सिर्जनाका बुवा भिम बहादुर गिरी छोरीलाई सरकारी सेवामा भएको हेर्न चाहन्थे ,सिर्जनालाई आयोग परिक्षा दिन जाँदा आशिर्बाद दिएर पठाए तर छोरी न फर्किदै आशु बगाउन परेको छ श्रदान्जली दिदै भगवानको नाम जप्न परेको छ ।
सिर्जना र मदनका परिवार आफन्त यति बेला निकै स्तब्ध बनेका छन्गा,उँमा शोक परेको छ । भगवान पनि कति निस्टुरी हुन्छन केहि गरौँ भन्ने युवा नै टपक्क टिपेर लिन्छन । सो दुर्घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ पिडितलाई न्याय होस् पीडकलाई कानुन बमोजिम हदैसम्मको कारवाही होस् । पुरा भिडियो यो लिंकमा हेर्नुहोस –
https://www.facebook.com/iamlaxmanrishal/videos/1751087445487444/