सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा महिलालाई सहयोग गर्ने प्रहरी जवान देउवा सम्मानित – Pahilo Katha

सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा महिलालाई सहयोग गर्ने प्रहरी जवान देउवा सम्मानित

    मा प्रकाशित

धनगढी । कैलालीको गोदावरी नगरपालिका १ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा गनिने गरि पुरस्कृत गरेको हो।
कैलालीका प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन्। राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म प्र्याएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको प्रहरी प्रमुख राणाले बताएका छन् ।
देउवाले मंगलबार गोदावरी नगरपालिका १ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन्।

देउवा कै सहयोगमा उनलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुगाएकी थिईन्। देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए।

 

प्रतिक्रिया